पाल्पा । पाल्पामा खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्किएर एकजना घाइते भएकि छन् । आज बिहान बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा राखेको ग्यास सिलिन्डर पड्किएको हो ।
स्थानीयका अनुसार उक्त सिलिण्डर पड्केर पम्फा घिमिरे घाइते भएकि छन। उनको अवस्था सामान्य रहेको र घरमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।
सिलिन्डर पड्किएर आगलागी हुनबाट भने स्थानीयको सहयोगमा जोगाइएको छ । सिलिन्डर पड्किनुको कारण पत्ता लागेको छैन ।
































