सानिमा मिडिल तमोरको आईपीओमा माग गरेभन्दा १.८६ गुणा बढी आवेदन

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा १.८६ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत शुक्रबार रु १०० रुपैयाँ अङ्कित कूल ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता साधारण सेयर जारी गरेको थियो ।

यसको दोस्रो दिन नै ६६ हजार १०० आवेदकले ७९ लाख २३ हजार १०० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो ।

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सार्वजनिक निष्कासनको लागि छुट्टाएको जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाखको २५ प्रतिशत अर्थात् ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता सेयर जारी गरेको थियो।

जसमध्ये १० प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५ सय कित्ता सेयर कम्पनीले स्थानीयलाई बाँडफाँड गरेको छ । बाँकी रहेको ४९ लाख ९८ कित्ता ७५० कित्ताको ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३७ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याई बाँकी रहेको १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर कम्पनीले विदेशमा बस्ने नेपालीहरूका लागि छुट्टाएको थियो ।

सो मध्ये पनि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गरेको छ । इच्छुक लगानीकर्ताहरूले फागुन ३० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य तमोर जलविद्युत आयोजना (७३ मेगावाट) को निर्माण अवधिको ब्याज सहित (आईडीसी) प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँसहित १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित