काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ घोरखानीका ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, १७ वर्षीय दुई किशोर, १६ वर्षीय दुई किशोर र १४ वर्षीय एक किशोर रहेका छन् ।
उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुुकुम पश्चिमबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
































