प्रचण्डले फोन गर्दा पनि फिर्ता लिएनन् ताराखोलाका घर्तीले उम्मेदवारी

बागलुङको ताराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रकाश घर्तीले बागी उमेदवारी कायमै राखेका छन् । ५ वर्ष गाउँपालिका अध्यक्ष भएर काम गर्दाका बाँकी योजना पूरा गर्न आफ्नो उपस्थिति चाहिएको भन्दै उनले गठबन्धनका उमेदवारविरुद्ध बागी दिएका थिए ।

आज दिउँसो नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर ५ बजिसक्दा सम्म उनले उम्मेदवारी फिर्ता नलिई स्वतन्त्रबाट चुनाव लड्ने निर्णय गरे ।

यता, गठबन्धनले धनबहादुर विकलाई उम्मेदवार बनाएको छ । विक पनि माओवादीकै नेता हुन् । यहाँ उपाध्यक्षको उम्मेदवार भने कांग्रेसले पाएको छ । घर्तीको कार्यकालमा ताराखोलाले पूर्वाधारमा फड्को मारेको भन्दै सोही कामको सफलता देखाएर घर्तीले बागी उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यहाँ ५ वर्षमै प्रशासकीय भवन, कर्मचारी आवास, जिल्लाकै ठूलो सभाहल र संग्राहलयसमेत बनेका छन् । ‘सहिद स्मृति पार्क र चक्रपथ कालोपत्रे गर्नेलगायत काम बाँकी छन् त्यो पूरा गर्न मेरो उम्मेदवारी हो‚’ उनले भने, ‘सुशासनको प्रत्याभूति पनि दिने योजना छ ।’

कांग्रेस महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसेले गलकोट नगरपालिकाको प्रमुखमा दिएको बागी उम्मेदवारी पनि फिर्ता गरेकी छैनन् । टिकट नपाएपछि मनोनयनको दिन हेलिकोप्टरमा पोखरादेखि गलकोट पुगेर मनोनयन दर्ता गराएकी थिइन् । गलकोटमा गठबन्धनबाट कांग्रेसकै भरत शर्मा गैरे नगरप्रमुखका उम्मेदवार छन् । यहाँ उपप्रमुखको उम्मेदवार रहेका फललाल निउरेविरुद्ध माओवादीकै नगर अध्यक्ष तिलक उप्रेतीले बागी उम्मेदवारी कायम राखेका छन् ।

‘धेरै प्रयास भयो, उहाँहरू टसमस हुनु भएन‚’ कांग्रेसका नगर सभापति वीरजंग भण्डारीले भने, ‘पार्टीले धमाधम कारबाही गरेपछि उहाँहरूलाई नै पछुतो हुनेछ ।’ गठबन्धनमा बागीको कुनै अस्तित्व नहुने उनले बताए ।

काठेखोला गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिएका कांग्रेसका यामदत्त कँडेलले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । यहाँ कांग्रेसकै राजु थापा अध्यक्षका उम्मेदवार छन् । जैमिनी र ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिकामा परेका बागी उम्मेदवारले पनि नाम फिर्ता लिएको निर्वाचन अधिकृतले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित