बुटवलमा खुला मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल योङ ब्रदर्श तेक्वान्दो क्लबको आयोजनामा राष्ट्रियस्तरको मेयर कप खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बुटवलमा हुने भएको छ । वैशाख २५ र २६ गते सो प्रतियोगिता बुटबलमा हुने भएको हो ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने क्लवका अध्यक्ष जनकराज गौतमले जानकारी दिए ।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिताले नेपाली तेक्वान्दो खेलको विकास, युवाहरूमा खेलप्रतिको आकर्षण वृद्धि तथा राष्ट्रिय खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको उनले बताए ।

आयोजकका अनुसार प्रतियोगितालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो संघ–संस्थाहरूको समेत सहयोग रहनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित