काठमाडौं । सर्लाहीको मलंगवामा गोली प्रहारबाट पूर्वाधार विकास कार्यालयमा कार्यरत सबइन्जिनियर प्रमोद यादवको हत्या भएको छ ।
यादवमाथि आइतबार साँझ करिब ७ः५० बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ । घटना मलंगवा नगरपालिका–१० मा भएको हो ।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनको मुटुनजिक गोली लागेको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
घटनाको कारण खुल्न बाँकी रहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।







































