निर्वाचन आयोग पुगेर देउवा पक्षीयको दाबी : ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशन पक्षका ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेको छ ।

शुक्रबार निर्वाचन आयोग पुगेर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो दाबी गरेका हुन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेत उपस्थित छलफलमा खड्काले भने– ‘हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिमध्ये ८८५ जनाले फिर्ता लिएको भनेर केन्द्रीय कार्यालयमा निवेदन आएको छ, जुन यहाँ दिएका छौं ।’

उता बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनबाट निर्वाचित गरेको नयाँ कार्यसमितिले पनि बिहीबार हस्ताक्षरसहितका कागजात बुझाइसकेको छ । सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत पदाधिकारीले निर्वाचन आयोग पुगेर दस्तावेज बुझाएका थिए ।

त्यसक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिभित्रै रहेर निर्णय गर्ने बताए ।

‘हामीले छलफल गर्न चाहेका थियौं, तपाईंहरू आफैं आउनुभयो । विधि र पद्धति छ । कानून र संविधान छ । हामी विधि र पद्धतिबाहिर गएर निर्णय गर्दैनौं । केही प्रमाण ल्याउनुभएको छ भने दिन म अनुरोध गर्छु,’ भण्डारीले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित