कांग्रेस विशेष महाधिवेशन : आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको थियो ।

कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ । पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो । संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषय संस्थापनका तर्फबाट वार्तामा बसेकाहरूले मानेका छैनन् ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत भएको छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित