काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकट नेताहरुसँग छलफलमा जुटेका छन्।
सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी विभाजन रोक्न आग्रह गरेका उनी फेरि आफ्नो समूहका नेताहरुसँग छलफलमा जुटेका हुन्।
विशालनगरस्थित शेखरको सम्पर्क कार्यालयमा भइरहेको छलफमला उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र मीन विश्वकर्मा, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल लगायत उपस्थित छन्।
यसअघि आजै बिहान पनि शखेरले आफू पक्षका नेताहरुसँग छलफल गरेका थिए। त्यसमा धेरै जसो नेताहरुले उनलाई पार्टी सभापति देउवा पक्ष र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षलाई मिलाउन प्रयास गर्न सुझाव दिएका थिए।





































