राजा फालेर गणतन्त्र ल्यायौँ तर नेपोबेबीको राज देखेर जनता रिसाए : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता शक्तिको राजनीतिमा ढंग नपुर्‍याउँदा नागरिक आफूहरूसँग रिसाएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई आइतबार भृकुटीमण्डपमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

‘भदौ २३ मा गैरन्यायिक हत्या भयो । २४ गते विध्वंस भए । यति मात्रै भएको होइन । जेन–जी मात्रै होइन, नेपालका लाखौँ नरनारीले रिस आक्रोश असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारमा हामी थियौँ । सरकार र संसदमा हामी थियौँ । हाम्रो काम, भ्रष्टाचार कुशासनले जनता रिसाएका हुन्,’ थापाले भने, ‘राजा फालेर गणतन्त्रका नेपोबेबीको राज देखेर जनता रिसाएका हुन् ।’

चुनाव एउटासँग मिल्ने, सरकार अर्कोसँग बनाउने तर नतिजा नदिने भएपछि जनता रिसाएको उनले बताए । यसैले नाम मात्रै नभई कामैले विशेष बनाउन विशेष महाधिवेशन बोलाएको उनको भनाइ छ ।

‘यसको नाम मात्रै विशेष होइन, विशेष बनाए टुंग्याउनुपर्नेछ । हामीले रहरले गमलामा पानी हालेर उद्घाटन मन भएर गरेका होइनौँ । सभापति र कार्यवाहक सभापतिलाई उभ्याउन खोजेको हाम्रो प्रयास पूरा भएन,’ थापाले भने, ‘बाहिरबाट हेर्दा कांग्रेसभित्र झगडा जस्तो देखिन्छ । पार्टीको शक्ति र शक्तिको संघर्षले गर्दा यस्तो भएको भन्ने लाग्ला । तर संघर्ष हो । पार्टीको सत्ता र शक्ति होइन । विचार, मूल्य र मान्यताको संघर्ष हो ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित