काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा मसालबीच चुनावी गठबन्धन गर्ने विषयमा छलफल भएको छ । बिहीबार साँझ धुम्बाराहीस्थित एक होटलमा दुई दलबीच चुनावी गठबन्धन गर्ने विषयमा छलफल भएको हो । छलफलमा नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल र नेकपा मसालका महासचिव मोहनविक्रम सिंहबीच २ घण्टा लामो छलफल भएको हो ।
छलफलमा बागलुङ, प्युठान, गुल्मी अर्घाखाँचीलगायतका जिल्लाहरुमा बामगठबन्धन गरी अगाडी बढ्ने विषयमा छलफल भएको छलफलमा सहभागी नेकपाका नेता देवेन्द्र पौडेलले जानकारी दिए । ‘पुराना बामपन्थी नेता मोहनविक्रम सिंहसँग चुनाबी गठबन्धन गर्ने कुरामा छलफल भएको छ’, उनले भने, ‘उहाँले पनि आवश्यकता हेरेर चुनावी गठबन्धन गर्न सकिने बताउनुभएको छ ।’

































