नेपाली कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित)

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने सहमति अनुसार कांग्रेसले ९ जना उम्मेदवार टुंगो लगाएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

उनकाअनुसार एमालेले ८ र लोसपाले १ सिट लिने सहमति भएको छ। कांग्रेसले टुंग्याएको सूचीअनुसार कोशी प्रदेश सुनिलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। उनी राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट हालै राजीनामा दिएर आएका थिए।

मधेसमा धनेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्। बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्। लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ। शाही कांग्रेस कर्णाली प्रदेश सभापति हुन्। उनी कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट पनि छन्। सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्। खाती सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला महान्यायाधीवक्ता थिए।

कांग्रेसभित्र राष्ट्रिय सभामा सभापति देउवा र नेता शेखर कोइरालाबीच भागबन्डा गरी उम्मेदवार टुंगो लगाइएको हो। महामन्त्री गगन थापासँग पनि राष्ट्रिय सभा उम्मेदवारका लागि नाम दिन माग गरिएको थियो। तर थापाले आफू यो भागबन्डामा सहभागी नहुने बताउँदै नाम नदिएको एक केन्द्रीय कार्यसम्पादन समिति सदस्यले जानकारी दिए।

साथै महामन्त्री थापाले एमालेसँग गठबन्धन र उम्मेदवार चयन प्रक्रियामा असहमति राख्दै फरक मत पनि राखेका छन्। भागबन्डामा शेखर पक्षले ३ जना उम्मेदवार पठाएको छ। संविधानसभा सदस्य रञ्जित कर्ण, बासुदेव जंगली र गीता देवकोटाको नाम शेखर कोइरालाले दिएको एक कार्यसम्पादन समिति सदस्यको भनाइ छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित