नेकपासँग सहमति नभएपछि कांग्रेस, एमाले र जसपाले गरे १८ सिट भागबण्डा

काठमाडौं । नेकपासँग तालमेलका लागि सहमति नभएपछि कांग्रेस, एमाले र जसपाले राष्ट्रिय सभाका १८ सिटमा भागबण्डा गरेका छन्।

कांग्रेस, एमाले र जसपा नेपालबीचको सहमति अनुसार कांग्रेसले आफ्नो तर्फबाट नौजना उम्मेदवार टुंगो लगाएको छ।

यी तीन दलबीचको सहमतिसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा यो सहमतिबाट बाहिरिएको छ। नेकपाले कांग्रेस र एमालेसँग चार सिटको दाबी गरेको थियो। तर, कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन तयार नभएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको छ। उनले अब सबै प्रदेशमा एकल उम्मेदवारी दिने तयारी गरेको छ।

तीन दलले आज बिहान राष्ट्रियसभाको निर्वाचन हुन लागेका १८ मध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा गरेका हुन्।कांग्रेसको आन्तरिक भागबण्डामा शेखर कोइराला पक्षबाट रञ्जित कर्ण, वासुदेव जंगली र गीता देवकोटाले अवसर पाएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित