काठमाडौंका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाले पाए सफाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातै जनाले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्।

मंगलबार विशेष अदालत, काठमाडौंले सातै जनालाई सफाइ दिएको हो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा सातै जनाले सफाई पाउने फैसला गरेको छ।

विशेष अदालतले भनेको छ, ‘विवेचित आधार कारणसहितबाट प्रतिवादीहरू प्रदिप परियार, रविमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा निज प्रतिवादीहरूले आरोप दाबीबाट सफाई पाउने ठहर्छ।’

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परिसारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित