रास्वापाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बूले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन्।

सोमबार लिम्बूले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै समानुपातिक सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको जनाएका छन्। ‘म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ उनले भनेका छन्।

संविधानमा सुनिश्चित समानुपातिक समावेशी प्रणालीलाई अवलम्बन गर्ने रास्वपाको प्रतिवद्धताका आधारमा समानुपातिकतर्फ उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्। अन्य पार्टीसँग एकता भएपछि व्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राखेर नाम फिर्ता लिने निर्णय गरेको लिम्बूले जनाएका छन्।

समानुपातिक उम्मेदवार छनोटका लागि रास्वपाले पार्टीभित्र पनि मतदान गरेको थियो। त्यसमा लिम्बूले सबैभन्दा बढी मत पाएका थिए। त्यसप्रति पनि उनले कृतज्ञता जनाएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित