आन्तरिक उडानको हवाई भाडा घट्यो, कहाँको कति ?

काठमाडौं । इन्धनको मूल्य घटेसँगै सबै गन्तव्यको हवाई भाडा सस्तिएको छ । नेपाल आयल निगमले विहीबार (१७ पुस)देखि लागू हुने गरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँले घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले पनि काठमाडौं र बाहिरबाट उडान हुने सबै गन्तव्यको हवाई भाडा घटाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवालाई शुक्रबार (१८ पुस)देखि नै लागू हुने गरी इन्धनको शुल्क घटाउन निर्देशन दिएको छ । प्राधिकरणको निर्देशनपछि इन्धनको शुल्क घट्दा यात्रुले हवाई भाडासँगै तिर्ने टिकेटको मूल्य पनि सस्तो पर्ने भएको छ ।

इन्धनको मूल्य घटेका कारण काठमाडौं विमानस्थल केन्द्रित भएर हुने उडान अवतरणमा सबैभन्दा बढी धनगढीको भाडा घटेको छ । यो गन्तव्यमा २६५ रुपैयाँले भाडा घटेको छ ।

हाल ५९ सय २० रुपैयाँ काठमाडौं धनगढी गन्तव्यको हवाई इन्धनको शुल्क रहेकोमा अब ५६ सय ५५ रुपैयाँ हुने भएको छ । यो शुल्कसँगै यो गन्तव्यको भाडामा २६५ ले सस्तिएको हो।

काठमाडौंबाट हुने उडान अर्थात ट्रङ्क रुटको हवाई भाडामा माउन्टेन २१०, भन्द्रपुर १८०, विराटनगर १४०, जनकपुर ७५, भरतपुर ६५, पोखरा ९५ र भैरहवाको १२५ रुपैयाँले इन्धनको शुल्क घटेको छ । यस्तै नेपालगन्ज १९५, तुम्लिङटार ११०, सिमरा ५५, सुर्खेत २१० र राजविराजको १२५ रुपैयाँले इन्धको शुल्क घटेको हो ।

h1 rotated 1 https://newskhari.com/storage/2023/06/buddha-air-airport-plane-domestic-airport.jpg

h2 2 rotated 1 https://newskhari.com/storage/2023/06/buddha-air-airport-plane-domestic-airport.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित