रवि-बालेन-कुलमानबीच एकता : उज्यालो नेपाललाई समानुपातिकमा २० र प्रत्यक्षमा ३० प्रतिशत कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गरेसँगै उज्यालो नेपाल पार्टीबाट केन्द्रीय कमिटि र प्रतिनिधि सभाको उम्मेदवारमा पनि सिट बाँडफाँड सहमति भएको छ।

उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटिमा वरिष्ठ उपसभापतिसहित महामन्त्री र ३० प्रतिशत हिस्सा पाउने कुलमानका विश्वासपात्र गणेश घिसिङले जानकारी दिए । वरिष्ठ उपसभापतिमा कुलमान आफै जाने भए पनि महामन्त्री कसलाई पठाउने भन्ने पार्टीले निर्णय गर्ने उनको भनाई छ।

अहिले रास्वपामा दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले छन् । सोमबार भएको सहमतिअनुसार रास्वपाका दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको छ। पार्टीको नाम, दलको झण्डा र चुनाव चिन्ह रास्वपाकै रहनेछ। यो सहमतिपछि अर्याल चौथो र वाग्ले पाँचौँ वरियतामा पुगेका छन्।

यसअघि नै बालेनलाई संसदीय दलको नेता र भावि प्रधानमन्त्रीमा अगाडि सार्ने सहमति भइसकेको छ। उनको वरियता कुलमान घिसिङपछिको हुनेछ। यस्तै फागुन २१ गतेको निर्वाचनमा प्रत्येक्षतर्फ ३० र समानुपातिकतर्फ २० प्रतिशत उम्मेदवार उज्यालो नेपालबाट बनाउने सहमती भएको घिसिङको दाबी छ।

यो सहमतिअनुसार अब रास्वपाबाट तीन पक्षलाई समेटेर समानुपातिकको बन्द सूची आयोगमा बुझाइने भएको छ। रास्वपा, उज्यालो नेपाल र बालेन पक्षलाई समेटेर समानुपातिक सूची एउटै बुझाइने भएको हो।

सोमबार रास्वपा र उज्यालो नेपालले छुट्टा छुट्टै सूची बुझाउने तयारी गरेका थिए। तर अन्तिम समयमा तीन शीर्ष नेताहरु रवि, बालेन र कुलमान बार्तामा जुटेका थिए। सोही वार्ताले ७ बुँदै सहमती जुटाएको हो।

सहमती पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले बालेन्द्र शाहलाई साक्षी राखेर हस्ताक्षर गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित