डडेल्धुरामा देउवाविरुद्ध-को ? नेकपाद्वारा चार जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा नेताहरूको बैठकले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ इच्छुक उम्मेदवारको नाम सिफारिस गरेको हो ।

नेकपा नेता उमेशप्रसाद भट्टका अनुसार प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । महिलातर्फ निरादेवी जैरु, खुल्लातर्फ मानसिंह माल ‘क्रान्ति’ र अनिल बोहरा तथा जेन–जीबाट मुकुन्द भट्टको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको भट्टले जानकारी दिए ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र छ । त्यहाँबाट चुनाव लड्न नेपाली कांग्रेसले भने सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ । देउवा २०४८ सालदेखि संघीय निर्वाचनमा अपराजित छन् । देउवाका विगतदेखिका प्रतिस्पर्धी नेकपाका नेता खगराज भट्टको नाम भने यसपटक सिफारिस भएको छैन । ‘स्थानीय, प्रदेशसभा र राष्ट्रियसभामा भएकाहरूको नाम सिफारिस नगर्नु भन्ने केन्द्रको निर्देशन छ,’ नेकपा डडेल्धुराका नेता भट्टले भने । खगराज अहिले प्रदेशसभा सदस्य छन् ।

यस्तै, समानुपातिकतर्फ नेकपा डडेल्धुराले १० जनाको नाम सिफारिस गरेको छ । अहिल्या कुँवर, शकुन्तला नगरकोटी, नरबहादुर विष्ट, टेकबहादुर भण्डारी, नन्दादेवी भट्ट, लक्ष्मी कामी, वीरेन्द्र मल्ल, जयन्ती बुढाऐर, नरभान पार्की र धर्म लुहारको नाम सिफारिस गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित