नेपालमा बीवाईडी कारको बजार घट्दो, साइमेक्सको व्यापार ३० प्रतिशतले खुम्चियो

काठमाडौं । नेपालमा बीवाइडी कारले बजार गुमाउँदै गएको तथ्यांकले देखाएको छ । बीवाईडीका नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्कको व्यापार ३० प्रतिशतले घटेको पाइएको हो ।

कम्पनीले सन् २०२४ मा साढे १६ अर्ब रुपैयाँको व्यापार गरेकामा सन् २०२५ मा साढे ११ अर्ब रुपैयाँमा खुम्चिएको हो । साइमेक्सले गरेको यो व्यापार गाडीको बिक्री र बिक्रीपछिको सेवा समेतको आम्दानी हो । यो तथ्यले नेपालमा बीवाईडीको उपस्थिति एक वर्षमा निकै कमजोर भएको पुष्टि गरेको छ ।

कम्पनीले सन् २०२४ मा १६ अर्ब ४० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१६ मा स्थापना भएको साइमेक्स बीवाइडी ब्रान्डको नेपालको लागि आधिकारिक बिक्रेता हो । कम्पनीले प्यासेन्जर र कमर्सियल सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर आफ्नै १४ वटा शोरुम शाखा छन् भने ६४ वटा चार्जिङ स्टेशन छन् ।

यमुना श्रेष्ठको ५०.५ प्रतिशत र अनिल श्रेष्ठको ४९.५ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब ४५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले विशेषगरी विद्युतीय सवारीसाधन आयात गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित