मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन

विराटनगर । मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ ।

विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार (पुस १०) बिहान दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार, विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोसी अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।

थापा कोसी प्रदेशबाट प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेलिरहेका थिए । ब्याट्सम्यान रहेका उनले केही फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाइसकेको परिवारले जनाएको छ ।

थापा आमा तनुजा र भाइ प्रदीपसँग बस्दै आएका थिए । मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । थापाको शव पोस्टमार्टमका निम्ति कोसी अस्पतालमै राखिएको छ

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित