देउवाकै गृहजिल्लामा फुट्यो कांग्रेस

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ।

कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजन भएको हो । विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि कांग्रेस र नेपाली कांग्रेस (बिपी) ले डडेल्धुरामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्ने भएका छन्।

कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुरा जिल्लाको प्रदेश ९ख० बाट निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पक्ष नेपाली कांग्रेस (बिपी) बाट स्थानीय तहमा उम्मेदवारी दिने तयारीमा जुटेको हो। कांग्रेस सभापति देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू कांग्रेस बिपीबाट स्थानीय तहको निर्वाचनमा जानुपरेको विद्यार्थी नेता तेजराज भट्टले बताए ।

‘नेपाली कांग्रेसबाट उम्मेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रीय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरू नेपाली कांग्रेस बिपीबाट चुनावी मैदानमा जाने तयारी गरेको छौँ,’ महिला नेतृ कमला बिष्ट भनिन् ।

जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको कांग्रेस (बिपी)का जिल्ला संयोजक तिलक हमालले जानकारी दिए ।

देशभरि गठबन्धनमा रहेका दलहरूले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरेपश्चात कांग्रेस फुटेर कांग्रेस (बिपी)बाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरामा कांग्रेसलाई साख जोगाउन मुस्किल पर्ने देखिन्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित