एनपिएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्नका लागि सुदूरपपश्चिम रोयल्सले विराटनगर किंग्ससामु एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल तयार पारेको हो। सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए।

उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। उनले ४४ बलमा तीन चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए । आरिफ शेखले २० रन बनाउँदा क्याच आउट भए। स्कट कुग्लेजिन एक रनमा नटआउट रहे।

त्यस्तै, ११ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाएका सेल्डन ज्याकसन सूर्य तामाङको बलमा विकेटकिपर लोकेश बमबाट आउट हुन पुगे।

११ बलमा १४ रन बनाएका हरमित सिंह प्रतिश जिसीको बलमा साम हेटलेजको हाटबाट क्याच आउट भए। इशान पाण्डे १३ रनमा आउट भए। ओपनर मुख्तर अहमद १० रन बनाउँदा मर्चेन्टको बलमा बोल्डआउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी तीन रनमा रनआउट हुन पुगे।

विराटनगरका लागि मार्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले दुई–दुई विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए। एनपीएलको पहिलो खेलमा विकेटविहीन बनेका कप्तान सन्दीप लामिछानेले आफ्नो स्पेलमा १६ रन दिए । विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा फाइनल पुग्ने मौका पाउनेछ। आजको खेलमा पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित