नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ आज, माओवादीबाट सुरुमा दुई मन्त्री बन्ने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्न गर्ने भएका हुन् ।

स्रोतका अनुसार प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको छन् । जसमा नेकपा माओवादी केन्द्रबाट सुरुमा दुईजना मन्त्री बन्‍ने चर्चा सुरु भएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने दुईजनालाई सुरुमै मन्त्री बनाउने चर्चा माओवादीभित्र सुरु भएको हो ।

नेपाली कांग्रेससँग छलफलका लागि प्रचण्डले अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मालाई खटाएका थिए । त्यस्तै एमालेसँग संवादका लागि प्रचण्डले नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङलाई खटाएका थिए । गुरुङ भने माओवादी महासचिव हुन्, सांसद होइनन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित