हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, ३० जनाको मृत्यु

एजेन्सी, न्युयोर्क । अमेरिकामा हिमआँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् ।

हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् । चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् ।

८ राज्यहरूमा मौसम–सम्बन्धित घटनामा २६ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ, केही अमेरिकी मिडियाले ३० जना भन्दाको मृत्यु भएको जनाएका छन् । आँधीसँग सम्बन्धित घटनामा कोलोराडोमा चार जना र पश्चिमी न्युयोर्कमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

हिमआँधीका कारण बफेलो सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । बरफ र हिउँले सडक, पुल, घर तथा बाहिर पाकर्किङ गरेर राखेका घर ढाकेका छन् ।

केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित