धादिङमा ७ वटा सवारी दुर्घटना : २ जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेसी–६ चालिसेमा शनिबार भएको सवारी दुर्घटनाका घाइते दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार स्कूल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको छ । उनीहरूको सनाखत हुन बाँकी छ ।

डीएसपी दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि २ घण्टा सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो । शनिबार साँझबाट यातायात सञ्चालनमा आइसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित