जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । जनकपुर बोल्ट्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो ।

जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित २७ रन योगदान गरे ।

८३ रनमा ६ विकेट गुमाएको जनकपुरका लागि संगिथ कुरे र मयन यादवले अविजित ४९ रनको साझेदारी गरे ।

ओपनर आसिफ शेखले १७ बलमा २ चौका र १ छक्का प्रहार गरी २० रन बनाए । सञ्जय कृष्णमुर्तीले १४ र शुभ कंसाकारले ११ रन जोडे । अनिल शाह ७ र माज सदाकत ६ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिए । शेरले ४ ओभरमा २० र रोहितले २ ओभरमा १६ रन खर्चिए । यस्तै जेज स्मिथ र रुबेन ट्रम्पल्मयानले समान १ विकेट लिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित