एनपीएलमा पोखराको दोस्रो जित, प्लेअफको दौडबाट बाहिरियो कर्णाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा पोखराले कर्णालीलाई ३४ रनले पराजित गरेको हो ।

पोखराले दिएको २०२ रनको लक्ष्य पछाएको कर्णालीले १९ ओभरमा अलआउट हुदै १६७ रन मात्र बनाएको थियो । कर्णालीका लागि मार्क वाटले सर्बाधिक ५९ रन बनाए भने नाजिबुल्लाह जद्रानले २४, पवन सराफले १९, प्रियांक पंचलले १६ रन बनाएका थिए । त्यस्तै पोखराका बलर धनन्जय लक्शान र ऋषि धावनले ३-३ विकेट लिए भने किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको थियो । पोखराका लागि एडम रोसिङ्टनले अविजित १०८ रनको शतकीय पारी खेलेका थिए । एडमले ५८ बल खेल्दै १०८ रन बनाएका हुन् । त्यस्तै पोखराका लागि जासन रोयले ४६ रन बनाए भने धनन्जय लक्शानले अविजित २३ र कप्तान कुशल भुर्तेलले १८ रन बनाए । त्यस्तै कर्णालीका बलर नन्दन यादव र मार्क वाटले एक एक विकेट लिएका थिए ।

यो पोखराको यस सिजनमा दोस्रो जित हो । पोखराले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ । त्यस्तै कर्णालीको भने यो यस सिजनमा पाँचौं हार हो । कर्णालीको ६ खेलमा २ अंक रहेको छ र प्लेअफको सम्भावना समाप्त भएको छ । यस सिजनमा कर्णाली एक खेल्न बाँकी हुदै प्लेअफको दौडबाट बाहिरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित