केपी ओलीविरुद्ध मैदानमा उत्रने ईश्वर पोखरेलको घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको १ १ औँ महाधिवेशनका लागि पोखरेलले मंगलबार वक्तव्य जारी गर्दै आफू अध्यक्षमा लड्ने घोषणा गरेका हुन्।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझाव स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।’

आफू राष्ट्र, जनता र पार्टीलाई सदैव शिरमा राखेको र जीवनका उचारचढावहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन नदिएको उल्लेख गरेका छन्। ‘यो नै मैले आर्जन गरेको नैतिक बल हो। शक्तिमा होइन, म विधि, समन्वय, सामूहिकता र सहकार्यमा विश्वास राख्छु।’

नेकपा एमालेको अधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ। ओलीले आफू तेस्रोपटक अध्यक्ष बन्नका लागि पार्टीको विधान संशोधन गरेका छन्।

पोखरेलले जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरुका समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न कार्यकर्ताहरूलाई अपिल गरेका छन्।

यसका लागि महाधिवेशनपछि पार्टी स्कुल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तरक्रिया, छलफल, गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय अनुभवहरुको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरुसँग समेत छलफल र अन्तक्रिया गर्ने प्रतिबद्धता पोखरेलेको छ।

उनले उल्लेख गरेका छन्, ‘पार्टी पंक्ति, शुभेच्छुक एवं आमसाधारणहरु बीच विचारको बहस चलाउने, सुझाव संकलन गर्ने र संकलित सुझावको सुनुवाइ गर्ने व्यवस्था मिलाइनेछ।’

वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतन्त्रीकरणका सम्बन्धमा पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको, आठौँ, नवौँ र दसौँ राष्ट्रिय महाविधेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनुपर्ने धारणा उनको छ। ‘पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्दछ। नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्दछ’, वक्तव्यमा उल्लेख छ।

यसैगरी उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिलाइने उल्लेख गरेका छन्। ‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो।’

पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै भण्डारीलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने पोखरेलको भनाइ छ। उनले वक्तव्यमा लेखेका छन्, ‘उहाँलाई पार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्छ, गरिनेछ।’

पार्टीका नेताहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने प्रतिबद्धता पोखरेलको छ।

पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु’, वक्तव्यमा उल्लेख छ। साथै उनले ओलीलाई अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि अनुरोध गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित