काठमाडौं । मधेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्।
शर्माले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै पदबाट राजीनामा दिएकी हुन्। शर्मा लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेकी थिइन्।
‘मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिदेखि लागू हुने गरी यो राजीनामा पेस गर्दछु,’ राजीनामा पत्रमा तिवारीले लेखेकी छन्।
मधेश प्रदेश सभामा मुख्यमन्त्री सिंह अल्पमतमा परिसकेका छन्। राजीनामा नदिने अडानमा रहेका उनले अब विश्वासको मत लिनुपर्नेछ।


































