कर्मचारीले नै लगाए कार्यालयमा आगो

काठमाडौं । प्युठानको झिमरुक गाउँपालिकामा सुदर्शक जिसीले अध्यक्ष पितबहादुर महतराको कार्यकक्षमा आगलागी मात्रै गरेनन् उपाध्यक्ष प्रमोद पोखरेल र लेखा शाखामा पनि तोडफोड गरे । ०७५ सालदेखि रोजगार संयोजकका रूपमा कार्यरत वडा नं ७ का ३२ वर्षीय जिसी अध्यक्ष महतराको जेठानका छोरा हुन् ।

नेकपा माओवादी केन्द्रबाट पालिकामा महतरा निर्वाचित भएसँगै जिसीले धेरैपटक कर्मचारी हप्काउने, समयमा काम नगर्ने गरिरहेका आरोप थियो । स्थानीयका अनुसार जिसी पनि माओवादीमै आबद्ध छन् । शुक्रवार राती गाउँपालिका कार्यालय नजिकै कोठा भाडा लिएर बस्दै आएका जिसीले आगलागी र तोडफोड गरेसँगै नजिकै रहेका सुरक्षा गार्डले अरूलाई बोलाएर उनलाई नियन्त्रणमा लिएको थियो । जिसी अघिल्लो सरकारकै पालादेखि प्रदेश सरकारमार्फत गाउँपालिकामा करारमा कार्यरत छन्।

आफ्नै गाउँपालिकामा आगो लगाएका कर्मचारी जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले उनलाई नियन्त्रणमा लिएको जनाउँदै पालिकाले किटानी जाहेरी दिएसँगै कानुन अनुसार कारबाही हुने जनाएका छन् ।

पालिका उपाध्यक्ष प्रमोद पोखरेलले आफू काम विशेषले जिल्ला बाहिर रहेको जनाउँदै पालिकाकै कर्मचारीले आगजनी र तोडफोड गरेको सूचना पाएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको सूचना पाएको जनाएका छन् । उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।

कार्यालयकै कर्मचारीले आगो लगाएपछि कर्मचारीहरूमा समेत त्रास देखिएको र सुरक्षा चुनौती बढेको प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालले जनाएकी छन् ।

गाउँ कार्यपालिकाको आइतबार बिहान साढे ७ बजे बैठक बोलाएको छ । बैठकले आगो लगाउने कर्मचारीमाथि कारबाहीका विषयमा निर्णय गर्ने जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित