काठमाडौं र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं । आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई नेपाली सेनाले प्रहरीको जिम्मा लगाएको छ। उनीहरु काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।

देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरिएको सेनाले जनाएको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न पनि आग्रह गरेको छ।

काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ।

भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौंको होटल हायात र बौद्ध क्षेत्रबाट पनि लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका सेनाले जनाएको छ। सेनाले जारी गरेको सुरक्षा अपडेटमा समुदायलाई चारवटा महत्वपूर्ण सन्देशसमेत दिएको छः

सेनाले कतै विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमा एसएमएस पठाई सहयोग माग्नसमेत सेनाले अनुरोध गरेको छ।

त्यसैगरि सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई लुटपाटमा संलग्नहरुको निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्नसमेत सेनाले आह्वान गरेको छ।

केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना संप्रेषण गर्न पनि सेनाले आग्रह गरेको छ। गएराति पशुपति क्षेत्रमा प्रवेश गर्न खोज्नेहरुलाई सेनाले रोकेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित