काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको छ।
विभागले लोक सेवा आयोगको सहमति लिएर खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो ।
विभागका अनुसार अनुसन्धान अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी सरह) र अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी सरह) पदमा समावेशी प्रावधानअनुसार दरखास्त माग गरिएको छ। कुल गरेर ९० जना माग भएको छ ।
इच्छुक उम्मेदवारले आगामी असोज १२ गतेभित्र विभागको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र आवेदन दिन नसक्नेहरूले भने दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
























