शिक्षा, निजामती, नागरिकतासहितका विधेयक पारित गर्ने तालिका सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पछि चार दिन बस्ने गरी क्यालेन्डर बनाइएको छ । सभामुख देवराज घिमिरे र पाँच दलका प्रमुख सचेतकहरूको बैठकले भदौ १८, २५, २६ र २७ गते प्रतिनिधिसभा बैठक बस्ने गरी क्यालेन्डर तय गरेको हो ।

शुक्रबारको बैठकबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक छलफल र पारितको कार्यसूची तय भएको छ । त्यस्तै, नेपाल नागरिकता (दोस्रो संशोधन) का सम्बन्धमा राष्ट्रियसभाको सन्देश टेबल गर्ने कार्यसूची छ । बाँकी चार वटा बैठकमा विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने गरी क्यालेन्डर तय भएको छ ।

विद्यालय शिक्षा, निजामती, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने गरी क्यालेन्डर बनाएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित