मुस्ताङको मार्फा होटलमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक र मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारी गर्ने सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहकले लाभ पाउने गरी होटललमा उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

मार्फा प्यालेस होटल मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २, मार्फामा अवस्थित छ

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड । क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

एक समारोहका बीच मार्फा प्यालेस होटलका सञ्चालक केशव रिजाल र प्रभु बैंकको तर्फबाट जोमसोम क्लस्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने बैंकको दाबी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित