काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिम निर्वाचित भएको छ । ई. सुभाष कोइरालाको नेतृत्वको सङ्गठन विजयी भएको हो । यस सङ्गठनले २०२ मत पाएको छ ।
गणेश प्रसाद भुसालको नेतृत्वमा रहेको नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी सङ्घ दोस्रो भएको छ । यो सङ्गठनले १९४ मत प्राप्त गरेको छ ।
त्यस्तै मीन प्रसाद खनालको नेतृत्वमा रहेको नेकपा एमाले निकट कर्मचारी सङ्गठन तेस्रो तथा ई.अनिल कुमार गुप्ताको नेतृत्वमा रहेको मधेस तराई कर्मचारी युनियन चौथो र ई.रतन दासको नेतृत्वमा रहेको जनमत पार्टी निकट कर्मचारी एकता मञ्च पाँचौँ स्थानमा रहेको छ ।


































