नेपाली कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार शुक्रबार जिल्ला सभापति सिंहले पदबाट राजीनामा दिएका हुन्। उनी वन मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। दोषी ठहर भए पनि जिल्ला सभापति नछाडेको भन्दै कांग्रेसभित्रै आलोचना हुँदै आएको थियो।

पछिल्लो समय बसेको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले पनि यस विषयमा कुरा उठाएका थिए।

‘सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारणले उहाँलाई हटाइएको छैन ? यो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्‌नुभएको छ ?,’ सभापति देउवालाई लक्ष्य गर्दै कोइरालाले असार १६ को केन्द्रीय समितिमा भनेका थिए।

साथै गत माघ १३ गते सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ताहरूले धर्नासमेत दिएका थिए।

जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग गर्दै उनीहरूले धर्ना दिएका थिए।

पूर्वजिल्ला सभापति लक्ष्मण रायले सर्वोच्च अदालतबाट वन मुद्दामा भ्रष्टाचार ठहर भएका सिंहलाई सभापतिबाट बर्खास्त गर्नुपर्ने भन्दै त्यसबेला कार्यकर्ताहरूसहित धर्ना दिएका थिए।

यसअघि उनीहरूले पुस ९ गते केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएर सिंहलाई सभापति पदबाट बर्खास्त गर्न माग गरेका थिए।

सर्वोच्च अदालतले २०८० फागुन १५ गते वन विनाश गरी भ्रष्टाचार गरेको कसुरमा सभापति सिंहलाई दोषी ठहर गरेको थियो।

सर्वोच्चले सिंहलाई चार महिना १५ दिन कैद सजाय हुने आदेश दिएको थियो। तैपनि उनी सर्लाही सभापति पदमै रहेपछि पार्टीभित्रै आलोचना भएको थियो। राजनीतिक दलसम्बन्धी ऐन २०७३ र कांग्रेसको विधानअनुसार पनि फौजदारी कसुरमा अदालतबाट दोषी भएका व्यक्ति पार्टीको साधारण सदस्य नरहने व्यवस्था छ।

सिंह २०७८ मा भएको कांग्रेस अधिवेशनबाट सभापति निर्वाचित भएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित