१७औँ नाडा अटो शो आजदेखि सुरु

काठमाडौं । १७औँ संस्करणको नाडा अटो शो आजदेखि सुरु हुँदै छ । भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने नाडा अटो शो २०२५ हालसम्मकै भव्य बनाउने आयोजकको तयारी छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष आयोजना गर्ने यो प्रदर्शनीलाई यसपटक नयाँ युगको मोबिलिटीको सुरुआतका रूपमा प्रस्तुत गर्न लागिएको छ । आयोजकले यसपटक अटो उद्योगको नवप्रवर्तनसँगै भविष्यको प्रविधि र सम्भावनालाई समेत दर्शाउने गरी तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार, यस वर्षको अटो शो इतिहासमै भव्य हुनेछ । “यसपटक सबैभन्दा ठूलो प्रदर्शनी हुनेछ । हामीले यसलाई कसरी अझ आकर्षक र भव्य बनाउन सकिन्छ भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ,” उनले भनेका छन् ।

चौधरीका अनुसार, १६औँ संस्करणको सफल अनुभव, लाखौँ दर्शकको विश्वास र अग्रणी ब्रान्डहरूको नियमित सहभागिताले नाडा अटो शोलाई नेपालकै सबैभन्दा ठूलो र विश्वासिलो अटो प्रदर्शनी बनाइसकेको छ । यो वर्षको संस्करणले अटो उद्योगमा नयाँ उत्साह थप्नेछ ।

प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको छ । बिहान १० बजे हुने उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालकै पहिलो उड्ने ट्याक्सी (ईभीटोल) सार्वजनिक गर्नेछन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित