बागमतीका मेयर थापालाई १० करोड जरिबाना र ८ वर्ष कैदको सजाय

काठमाडौं । विशेष अदालतले सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै बागमती नगरपालिकाका मेयर भरत थापालाई कैदसहित १० करोड रुपैयाँ जरिबाना सुनाएको छ । बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले थापालाई ८ वर्ष कैद पनि तोकेको हो ।

थापासहित कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई पनि समान सजाय र जरिबाना तोकिएको छ ।

विशेष अदालते उनीहरूलाई पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रूपैयाँ क्षतिपूर्ति भराउनसमेत भनेको छ । गत साउन २१ गते विशेष अदालतले मेयर थापा र कर्मचारीद्वय विमलकुमार पोखरेल र सागर पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो ।

मेयर थापा २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित