हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउँदै महानगर

काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका आइजिपी दीपक थापाबीच मौखिक सहमति भएको छ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए।

अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको भूकम्पका कारण त्यहाँको भवन जीर्ण बनेको हो। त्यसपछि दुवै प्रहरी कार्यालयलाई अन्यत्र सारिएको थियो।

स्थानीयले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरमा प्रहरीको भवन राख्न नहुने भन्दै हटाउनुपर्ने माग राख्दै आएका छन्।

भूकम्पले चर्किएको हनुमानढोकाको भवन सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ सालमा स्थापना भएको यो कार्यालयमा रातो स्टिकर लगाइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित