५१ जना शाखा अधिकृतको सरुवा, को-कहाँ ?

काठमाडौं । बढुवा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रशासन सेवाका ३२ जना शाखा अधिकृत र लोक सेवा आयोगबाट सिफारिस भएका प्राविधिक सेवा र तथ्यांक सेवाका गरेर ५१ जना शाखा अधिकृतको पदस्थापन तथा सरुवा भएको छ । मन्त्रालयले सोमबार उनीहरुलाई विभिन्न निकायमा पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको हो ।

जसमा १० जना नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, जनरल उपसमूह अन्तर्गतका राजपत्रांकित तृतीय श्रेणीका इञ्जिनियर र ९ जना नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह अन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको रहेका छन् ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३२ जना प्रशासन सेवाका शाखा अधिकृतको पदस्थापन तथा सरुवा गर्दा २३ जनाको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएको छ भने ५ जनालाई विभिन्न जिल्ला समन्वय समितिमा पठाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित