काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले २२ मत र संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाले १५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलमा ३७ सदस्य छन् । एक मत बदर भएको छ ।
गत साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव संसदीय दलमा दर्ता भएको थियो । संसदीय दलका नेतामा पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट भने राजीनामा दिएका छैनन् ।































