चिकित्सकले फिर्ता लिए आन्दोलन

काठमाडौं । उपभोक्ता अदालतको जरिवाना फैसलाप्रति विमति राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

ओम अस्पताल, ग्रान्डी सिटी क्लिनिक र हिमाल अस्पताल र ती अस्पतालका चिकित्सकलाई उपभोक्ता अदालतले लापरवाही गरेको भन्दै जरिवाना तोकेको थियो ।

चिकित्सकहरू अस्पतालको ओपीडी सेवा बन्द गर्दै आन्दोलनमा थिए । मंगलबार साँझ सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको हो ।

स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरासिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच वार्ता भएको थियो । उपभोक्ता अदालतको फैसललाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित