काठमाडौं । सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा सोमबार न्यायाधीशहरूको नियुक्ति गरेका हुन्।
नियुक्त हुनेमध्ये वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।




































