सशस्त्र प्रहरी सहायक निरीक्षक बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै रु चार लाख ९१ हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “निजले सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पिडीतलाई आफुले दिएको ई–सेवा नम्बर तथा विभिन्न बैंक खातामा जम्मा रु चार लाख ९१ हजार जम्मा गर्न लगाइ ठगी गरी फरार भएकामा काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भएकाले क्षेत्रीलाई पक्राउ गरिएको हो ।”

निजलाई काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा फेला पारी ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित