बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५८ करोड ६९ लाख ८३ हजार रुपैयाँँ बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले मंगललबार १७ औँ गाउँसभामा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वधार विकासलाई जोड दिएको छ ।
बजेटमा आर्थिक विकास तर्फ रु एक करोड १५ लाख, पूर्वधार विकास तर्फ दुई करोड १९ लाख, सामाजिक विकासतर्फ तीन करोड २१ लाख विनियोजन गरिएको छ । पालिकाको आठ वडामा तीन करोड ७० लाख रुपैयाँँ विनियोजन गरेको उपाध्यक्ष थापाले बताए ।
पालिकाको दुई वटा गौरवको योजनाका लागि एक करोड, संघ तथा प्रदेश समपुरकतर्फ तीन करोड रकम बजेट विनियोजन गरेको उनको भनाइ छ । संघीय सरकार समपुरक अनुदान ढोलकाटे चोक, तंग्राम वडा कार्यालय भवन, सात्लेस हुँदै धम्जा देउराली सडक स्तरोन्तिका लागि १ करोड २१ लाख बजेट नियोजन गरेको छ । पालिकाले आर्थिक विकास कृर्षि,पर्यटन,उद्योग तथा वाणिज्य, सहकारी र वित्तिय क्षेत्रका लागि १ करोड १५ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षमा कोदोको लोकल रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी विक्री वितरण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गेर निजी क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गर्ने नीति ल्याएको छ ।