संघीय सरकारको ऋण तिर्न ढोरपाटनले छुट्यायो ५ लाख बजेट

बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिकाले संघीय सरकारको ऋण तिर्न पाँच लाख बजेट विनियोजन गरेको छ । देशमा २६ खर्बभन्दा बढी ऋण रहेको अवस्थामा ढोरपाटनले ऋणमुक्त देश बनाउने अभियानका लागि पाँच लाख बजेट विनियोजन गरिएको हो ।

कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले प्रस्तुत गरेको बजेटमा देशलाई ऋणमुक्त बनाउने अभियानका लागि ५ लाख विनियोजन गरिएको उल्लेख छ।

बिहीबार १७ औँ नगरसभाबाट पारित आर्थिक वर्ष २०८२ / ०८३ को नीति तथा कार्यक्रम एवं बजेटमा नगरपालिकाले सरकारी तथा गैरसरकारी संस्थालाई ऋणमुक्त देश बनाउने अभियानमा हातेमालो गर्न अपिल गरिएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार देशको कुल २६ खर्ब ५४ अर्ब ऋण छ । त्यसमध्ये १२ खर्ब ७२ अर्ब आन्तरिक र १३ खर्ब ८२ अर्ब बाह्य ऋण छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित