दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले यस्तो आदेश दिएको हो ।

“निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवदेकलाई पक्राउ नगर्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ ।”

दिलभुषण पाठकले हिल्टन होटलसम्बन्धी एक कार्यक्रममा व्यक्त गरेका धारणा विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा देउवाका छोरा जयवीर देउवाले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए । उक्त उजुरीपछि पाठकलाई प्रहरीले पक्राउ पुर्जी लिएर पक्राउको तयारी गरेको थियो । त्यसपछि पाठक अदालत गएका थिए ।

“प्रस्तुत रिट निवेदन अध्ययन गरी अन्तरिम आदेश समेतको माग भएतर्फ विचार गर्दा, निवेदकले आफू मुलधारणको मिडियाहरुमार्फत् दशकौँदेखि पत्रकारिता गरिआएको र अनलाइन अनुमति प्राप्त इन्टरफेस नेपाल नेटवर्कमार्फत् प्रशारण भएको होटल हिल्टनको सेयर खरिद सम्बन्धी सामग्रीलाई आधार लिई विद्युतीय कारोबार सम्बन्धी कसूरमा पक्राउ गर्न लागिएको हुँदा निषेधाज्ञा जारी गरी पाउँ भन्न निवेदकको निवेदन माग दाबी रहेको देखिन्छ,” आदेशमा भनिएको छ ।

आदेशमा प्रेस काउन्सिल ऐन २०४८ मा स्वस्थ पत्रकारिकताको विकासको लागि प्रेस काउन्सिलको व्इवस्था भई समग्र पत्रकारिता क्षेत्रको नियमनकारी निकायका रुपमा सो काउन्सिल क्रियाशील रहेको व्यवस्था रहेको पनि अदालतले आदेशमार्फत् भनेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित