वर्षाले पहिरो जाँदा कान्ति लोकपथ र अरनिको राजमार्गसहित पाँच सडक बन्द

फाइल तस्बिर

काठमाडौं । वर्षापछि खसेको पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्गसहित देशका मुख्य पाँचवटा सडक मार्ग अवरुद्ध भएका छन्।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो खस्दा आइतबार बिहानदेखि कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ। ललितपुरको बागमती गाउँपालिका ६ रुम्बाडाँडामा पिहरो खस्दा आश्राङदेखि गिम्दी जाने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरि खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका ४ मा पहिरो खस्दा दिक्तेल गाईघाट सडक पनि अवरुद्ध भएको छ। खोटाङकै हलेसी तुवाचुङ नगरपालिका १० बर्खेटारमा पनि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा बन्द भएको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा पहिरो खस्दा रवि राँके भेडेटार सडक पनि आज बिहानदेखि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित