एयर इन्डियाको जहाज दुर्घटना भएको २८ घण्टापछि भेटियो ब्ल्याक बक्स

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको जहाजको ब्ल्याक बक्स भेटिएको छ।

अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार दिउँसो १ः३८ बजे उडान भरेको जहाज मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको थियो। दुर्घटनास्थलबाट २८ घन्टापछि शुक्रबार अपराह्न जहाजको ब्ल्याक बक्स भेटिएको विमान दुर्घटना अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोका अधिकारी राममोहन नायडू किन्जारापुले समाचार संस्था एशोशियटेड प्रेसलाई बताएअनुसार दुर्घटनाग्रस्त जहाजको दुईवटा ब्ल्याक बक्स भेटिएको हो।

ब्ल्याक बक्स भेटिएपछि जहाज दुर्घटनाको अनुसन्धानमा सहज हुने उनले बताएका छन्।

दुईमध्ये एउटा ब्ल्याक बक्सले प्राविधिक विवरणहरुस उचाई र गतिको विवरण दिन्छ भने अर्कोले ककपिटमा आवाज रेकर्ड गर्छ। ब्ल्याक बक्स भेटिएपछि दुर्घटनाअघि पाइलटले के भनेका थिए भनेर खुल्नेछ। त्यसबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

बिहीबार दिउँसो लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको उक्त जहाज अहमदाबाट उडेको एक मिनेट नबित्दै दुर्घटनामा परेको थियो।

विमानले उचाइ लिन नसक्दा मेघनीनगरको एउटा आवासीय भवनमा खसेको थियो। उक्त भवन बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टल हो। विमान खस्दा त्यहाँका १९ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको बताइएको छ।

विमानमा सवार २४२ मध्ये १४१ जनाको मृत्यु भएको छ। जसमा १५९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानाडेली छन्।

दुर्घटनामा एक यात्रु भने जिवित रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। जिवित भेटिएका यात्रु बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश छन्। उनको उपचार भइरहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अस्पताल पुगेर रमेशलाई भेटेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित