अहमदावाद विमान : ट्राफिक जामले १० मिनेट ढिलो हुँदा बाँचेकी भूमि चौहान !

एजेन्सी । अहमदाबाद लण्डनको उडानमा २४२ जनामा २३० जना यात्रु थिए। उक्त उडानबाट भूमि चौहान पनि लण्डन जाँदै थिइन्।

बाटोमा ट्राफिक जाममा फसेपछि उनको जहाज छुटेको थियो। अहमदाबादको व्यस्त ट्राफिकले उनको ज्यान जोगियो। ट्राफिक जामका कारण उनी सरदार वल्लभभाई विमानस्थलमा १० मिनेट ढिलो पुगिन्।

यसपछि उनलाई जहाजमा चढ्न अनुमति दिइएन। मिडियासँग कुरा गर्दै भूमिले भनिन्‚ ‘दिउँसो १ः१० बजे उडान भर्ने तालिका थियो।’

विमानस्थलबाट बाहिर निस्कनासाथ भूमिले दुर्घटनाको खबर सुनिन्। यो खबरसँगै उनी नराम्रोसँग काँप्न थालिन्। उनका गोडा काँप्न थाले। उनी लामो समयसम्म स्तब्ध भइन्। केवल १० मिनेट ढिलाइ भएका कारण उनले आफ्नो उडान छुटाएकी थिइन्।

भूमिले भनिन्‚ ‘दुःखी हुँदै विमानस्थलको बाहिर निस्कने गेटमा पुगेँ, छुटेको जहाज दुर्घटनामा परेको सुनेपछि लगलग काम्न थालेँ।’

यो घटनाको बारेमा थाहा पाएपछि उनको दिमागमा चक्कर लाग्यो। त्यसपछि उनी आफ्नो घर फर्किइन्। भूमि लन्डन जाँदै थिइन्। उनी आफ्नो पतिसँग लन्डनमा बस्छिन् र छुट्टी मनाउन भारत आएकी थिइन्।

उनका पति बेलायतमा बस्छन्। केवल १० मिनेट ढिलो भएको कारण उनी यात्रा गर्न सकिनन्। उनले भनिन्‚ ‘गणपति बाप्पाले मलाई बचाउनुभयो।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित